खप्तड जाँदै प्रधानमन्त्री प्रचण्ड, बाबा रामदेवसँग योग सिक्ने

File Photo
File Photo

प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' आज प्रसिद्ध धार्मिक पर्यटकीय स्थल खप्तड जाँदैछन् ।

आजदेखि सुरु हुने तीन दिने खप्तड आध्यात्मिक सम्मेलनको उद्घाटनका लागि प्रधानमन्त्री खप्तड उड्ने र त्यहाँ बाबा रामदेवसँग योग सिक्ने बालुवाटारनिकट स्राेतले जानएकाे छ।

सम्मेलनमा प्रसिद्ध योग गुरु बाबा रामदेव, पतञ्जली योगपीठका महामन्त्री आचार्य बालकृष्ण र चतरामा बस्दैआएका शिद्धबाबा कृष्णदासलगायतको उपस्थिति रहने छ।

सम्मेलनमा आज पहिलो दिन आज बाबा रामदेव र त्यसपछिका दुई दिन आचार्य बालकृष्णले योग गराउने कार्यक्रम रहेको छ।

सम्मेलनमा पहाडी लोकप्रिय सांस्कृतिक झाँकीहरू भुँवा, हुडक्यौली, गौरा, देउडा, पुतला नाचलगायतका प्रस्तुत गरिनेछ।

प्रधानमन्त्री प्रचण्ड अपरान्ह तीन बजे काठमाडौं फर्किने कार्यतालिका छ।

प्रकाशित मिति: : 2023-06-06 09:54:00

प्रतिकृया दिनुहोस्