७ करोडको सिटी स्क्यान मेसिन १ वर्षमा ३ पटक बिग्रियो

रातोपाटी

सञ्जय रानाभाट

नयाँ मेसिन जडान भएको एक वर्ष नपुग्दै पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको सिटी स्क्यान मेसिन बिग्रिएको छ । साउन २३ गते अस्पतालमा नयाँ मेसिनबाट सेवा सुरु गरिएको थियो । तर, एक वर्ष पनि नपुग्दै मेसिन तेस्रोपटक बिग्रिएको हो ।

सिटी स्क्यान मेसिनको काउन्स कन्ट्रोल बोर्डमा समस्या आएपछि नयाँ फेरिएको थियो । अहिले पनि सोही काउन्स कन्ट्रोल बोर्ड बिग्रिएको छ । बिरामीलाई तलमाथि लैजान नमिल्ने गरी सिटी स्क्यानको सेवा पाँच दिनदेखि अवरुद्ध भएको अस्पतालका निर्देशक डा.भरत खत्रीले बताए ।  

प्रकाशित मिति: : 2023-06-11 10:21:00

प्रतिकृया दिनुहोस्