आयुर्वेद स्वास्थ्य केन्द्र १५ शैयाकाे अस्पताल बन्दै

चन्दननाथ नगरपालिका–१० बाेहाेरागाउँ स्थित आयुर्वेद स्वास्थ्य केन्द्रकाे स्तर उन्नति हुने भएकाे छ। 

कर्णाली प्रदेश अन्तर्गत रहेकाे आयुर्वेद स्वास्थ्य केन्द्रकाे स्तरउन्नती भएर १५ शैयाकाे अस्पताल बन्ने भएकाे हाे।

कर्णाली आयुर्वेद औषधालयकाे रुपमा स्थापित भएकाे स्वास्थ्य केन्द्रकाे स्तर उन्नति गर्नलाई संघीय सरकारले बजेट छुट्याएकाे चन्दननाथ नगरपालिकाका मेयर राजुसिंह कठायतले बताए।

'परम्परागत तर भरपर्दो उपचार पद्धति आयुर्वेदकाे विकास गर्न शहरी विकास तथा भवन निर्माण विभाग अन्तर्गतकाे स्वास्थ्य विभागले कदम चालेकाे हाे,' उनले भने, 'सबै डकुमेन्ट जुटाइ सहयोग गरिदिने सघन सहरी तथा भवन निर्माण आयाेजना जुम्लालाई हार्दिक धन्यवाद।'

२० कराेडकाे लागतमा भन्ने १५ शैयाकाे आयुर्वेद अस्पताल बनाउन नयाँ आर्थिक वर्षकाे लागि ३ कराेड बिनियाेजन भएकाे छ। 

घर आगनमै अस्पताल बन्न लागेपछि स्थानीय खुसी भएकाे चन्दननाथ -१० निबासी शिक्षक चन्द्र देवकोटाले बताए।

'घर आगनमा अस्पताल बन्न लाग्दा गाउँले सबै खुसी छन्। सस्ताेमा उपचार हुनेछ,' उनले भने, 'कयौं राेगहरुकाे परम्परागत उपचार पद्धतिबाट स्वास्थ्य लाभ लिन सकिने हुँदा हामी अत्यन्तै खुसी छाैं।'

नगरपालिकाकाे विकट मानिने वडा नम्बर १० स्थित बाेहरागाउँमा ठूला सरकारी संरचना नभएकाे कुरालाई मनन् गरि संघीय सरकारले बजेटमा १५ शैयाकाे अस्पताल बनाउन लागेकाे चन्दननाथ नगरपालिकाकी उपमेयर रामदेबी खड्काले बताइन्।

'एलाेपेथिक पद्धतिबाट छिटाे छरिताे स्वास्थ्य लाभ लिन सकिने भएपनि कयौं राेगहरुकाे निदान आयुर्वेदिक पद्धतिबाट भइरहेकाे छ,' उनले भनिन्, 'यस्ताे पद्धतिबाट उपचा हुने अस्पताल नै बन्नु खसीको कुरा हाे।'

दैनिक सयाैं जनाले नि:शुल्क उपचार पाइरहेकाे आयुर्वेद स्तरउन्नती भएर अस्पताल हुने भएपछि ओैधी खुसी भएकाे स्वास्थ्य केन्द्रका प्रमुख दन्त प्रसाद न्याैपानेले बताए। 

'जल, जमिन र जंगलकाे उपयोग गरि स्थानीय स्तरमै ओैषधी बनाइ उपचार गरिने आयुर्वेद अब अस्पताल हुने भएकाे छ,' उनले भने, 'याे हाम्राे निम्ति ठूलाे उपलब्धि हाे। अब गरिब जनताले अत्यन्तै सस्ताेमा उपचार पाउनेछन्।'

हाल आयुर्वेद स्वास्थ्य केन्द्रले नि:शुल्क रुपमा ओपिडी र ल्याब सेवा दिदै आएकाे छ। निकट भविष्यमै सर्जरी सेवा समेत दिने तयारी गरिरहेकाे छ भने दिसापिसाब, रगत, खकार जाँचकाे सेवा दिदै आएकाे स्वास्थ्य केन्द्रमा दुई जना चिकित्सकले दैनिक रुपमा सेवा दिइरहेका छन्।

प्रकाशित मिति: : 2023-06-13 15:35:00

प्रतिकृया दिनुहोस्