सावित्राले इजरायली क्लबमा खेल्ने

GoalNepal.com
GoalNepal.com

नेपाली राष्ट्रिय टोलीका स्ट्राईकर सावित्रा भण्डारी इजरायली क्लवमा अनुबन्धित भएकी छिन्। 

सावित्राले व्यवसायिक फुटबल खेल्न क्लब हापोएल रानानाबाट लिग खेल्न अनुब्धित भएकी हुन्। क्लवले मंगलबार सामाजिक सञ्जालमार्फत सावित्रासँग सम्झौता भएको जनाएको हो।

हापोएल रानाना इजरायलको पहिलो श्रेणीको क्लब हो। सावित्रा नेपाली फुटबल समर्थकमाझ ‘साम्बा’ उपनामले परिचित छिन्। सावित्रा युरोपिन राष्ट्रमा व्यवसायिक फुटबल खेल्ने पहिलो महिला नेपाली खेलाडी पनि बनेकी छन्।

प्रकाशित मिति: : 2023-06-13 18:59:00

प्रतिकृया दिनुहोस्