आइसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिताअन्तर्गत दोस्रो खेलमा नेपालका लागि दीपेन्द्रसिंह ऐरीले पाँचौँ विकेट लिएका छन्।
उनले २१.३ ओभरमा अमेरिकका गज्जानन्द सिंहलाई आरिफ शेखको हातबाट क्याचआउट गराए।
यसअघि नेपालका लागि करण केसीले एक्ल्लै चार विकेट लिएका थिए। करणले आठौँ ओभरको पाँचौँ बलमा आरोन जोन्सलाई कुशल भुर्तेलको हातबाट क्याच आउट गराए।
त्यस्तै, उनले दोस्रो ओभरको पाँचौं र छैटौं बलमा लगातार विकेट लिएका थिए। उनले दोस्रो ओभरको पाँचौ बलमा स्टेभन टेलरलाई एलबीडब्लु गरेका थिए भने दोस्रो ओभरको अन्तिम बलमा साइतेजा मुक्कामल्लालाई आरिफ शेखको हातबाच क्याच आउट गराएका थिए।
अमेरिका हाल २२ ३ ओभरमा ५ विकेट गुमाएर ७१ रन बनाएर खेलीरहेको छ।