विश्वकप छनोट: नेपालका लागि ललित लिए छैटौँ विकेट 

आइसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिताअन्तर्गत दोस्रो खेलमा नेपालका लागि ललित राजवंशीले छैटौँ विकेट लिएका छन्।

उनले २७. ४ ओभरमा अमेरिकाका सुशन्त मोदानीलाई २७ रनमा बोल्ड आउट गरे। २८ ओभरको समाप्तीमा अमेरिकाले ६ विकेट गुमाएर ९४ रन बनाएर खेलिरहेको छ।

नेपालका लागि करण केसी एक्लैले चार विकेट लिएका थिए भने दीपेन्द्रसिंह ऐरीले एक विकेट लिएका थिए।

मगंलबार टस जितेर बलिङ रोजेको नेपालले अमेरिकालाई सुरुबाट नै दबाबमा राखेको छ।

प्रकाशित मिति: : 2023-06-20 15:01:00

प्रतिकृया दिनुहोस्