आइसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिताअन्तर्गत प्ले अफ सेमिफाइनलमा नेपालले युएईलाई पराजित गरेकाे छ।
जिम्बावेको हरारेमा रहेको टाकासिंगा स्पोर्टस् क्लबमा नेपालले युएईलाई ३ विकेटले पराजित गरेको हो।
युएईले दिएको एक सय ८२ रनको लक्ष्य नेपालले ४३।२ ओभरमा ७ विकेट गुमाएर पूरा गर्याे।
नेपालको जितमा दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ७९ रन बनाए।
अब नेपालले साताैँ स्थानकाे लागि मंगलबार आयरल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ।