हेगस्थित बेलारुसको दूतावासमा आक्रमण

हेगमा रहेको बेलारूसी दूतावासमा आइतबार अज्ञात व्यक्तिहरूले आक्रमण गरेको रूसी समाचार एजेन्सी तासले जनाएको छ।

‘घटना जुलाई २ मा बिहानको समयमा भएको,’ बेलारूसी दूतावासले  उल्लेख गरेको छ।

दूतावासले आक्रमणकारीहरूलाई डच प्रहरीले नियन्त्रणमा लिएको जानकारी दिएको छ।

डच प्रसारकका अनुसार आक्रमणकारीहरूले दूतावासको भवनको झ्यालहरू तोडेको र भवनमा ढुङ्गा  प्रहार गरेको बताएका छन्।

आक्रमणकारीहरूले भवना भित्ताहरूमा विभिन्न किसिमका नाराहरू पनि लेखेका थिए। ती नाराहरूमा बेलारुसका राष्ट्रपति अलेक्ज्याण्डर लुकासेन्कोलाई आतङ्कवादसँग जोडिएको छ।

प्रकाशित मिति: : 2023-07-04 05:57:00

प्रतिकृया दिनुहोस्