तलब र सामाजिक सुरक्षाको भुक्तानी व्यवस्थापनमा समेत समस्या!

सेतोपाटी

भागवत भट्टराई

सरकारलाई यो वर्ष अनिवार्य दायित्वको रकमसमेत रकमान्तर गरेर भुक्तानी गर्नुपर्ने बाध्यता छ। त्यसैले अहिले चालु खर्च व्यवस्थापनमा समस्या देखिएको छ।

सरकारले विनियोजन गर्दा आकलन गरेका धेरै अनिवार्य दायित्‍वका शीर्षकहरूमा खर्च अपुग भएको अर्थ मन्त्रालयका सम्बन्धित अधिकारीहरूले बताएका छन्।

'चालु खर्चका कतिपय शीर्षकमा विनियोजन गरिएको रकम ठूलो मात्रामा अपर्याप्त हुने स्थिति भयो। यो वर्ष चालु खर्चको व्यवस्थापन गर्नै कठिन छ,' मन्त्रालयका एक अधिकारीले सेतोपाटीसँग भने।

प्रकाशित मिति: : 2023-07-05 11:24:00

प्रतिकृया दिनुहोस्