२ करोड ५० लाख रकम नदिएपछि भएको थियो गौचनको हत्या

रातोपाटी

मदन ढुङ्गाना

अन्ततः निर्माण व्यवसायी शरदकुमार गौचनको हत्यामा संलग्न रहेको भन्दै काठमाडौं जिल्ला अदालतले ८ जनालाई कैद सजाय सुनाएको छ भने ७ जनालाई सफाइ दिएको छ । हत्यामा संलग्न भनी प्रहरीले प्रतिवादी बनाएका मनोज पुन भन्ने मनोज बुढामगर र बसन्त थेवेको मृत्यु भइसकेको छ भने हालसम्म फरार रहेका ७ जनाको हकमा अदालतले मुल्तवीमा राखेर जुनसुकै समय जाग्न सक्ने बनाएको छ ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश केशवप्रसाद घिमिरेको इजलासले असार १२ गते ८ जना प्रतिवादीको हकमा कसुर ठहर गरेका थिए । त्यसको एक सातापछि असार २० गते सजाय निर्धारण गर्दै न्यायाधीश घिमिरेले हत्याको मुख्य योजनाकार रहेका भनिएका समिरमान सिंह बस्न्यात र काले भन्ने अम्बर बहादुर रानालाई जन्मकैदको फैसला सुनाएका छन् भने मुख्य सहयोगी रहेका लोप्साङ भन्ने सोम तामाङलाई १५ वर्ष कैद सजाय सुनाइएको छ ।

प्रकाशित मिति: : 2023-07-07 12:17:00

प्रतिकृया दिनुहोस्