भर्खंरै नेतृत्व सम्हालेका कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले आज मन्त्रिपरिषद् विस्तार गर्दैछन्।
वाम-लोकतान्त्रिक गठबन्धनमार्फत् प्रदेश सरकार हाँक्न खोज्दै गरेका मुख्यमन्त्री थापाले नेपाली कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीबाट एक-एक जना मन्त्री नियुक्त गर्न लागेका हुन्।
माओवादीनिकट स्रोतकाअनुसार माओवादीबाट प्रधानमन्त्रीसमेत रहेका प्रचण्डका कान्छा ज्वाइँ जीवन आचार्य मन्त्री बन्दैछन्। यसअघिकाे सरकारमा पनि आचार्य पर्यटन मन्त्री थिए।
मुख्यमन्त्री थापाविरुद्ध सर्वाेच्चमा परेकाे रिटविरुद्ध आजै सुनुवाइ हुने भएकाे छ। एमालेका हिक्मतकुमार कार्कीकाे सरकार ढलेपछि कांग्रेसका थापा मुख्यमन्त्री नियुक्त भएका थिए। प्रदेशसभामा विश्वासकाे मत नपाएपछि कार्कीकाे सरकार ढलेकाे थियाे।
मुख्यमन्त्रीका लागि दाबी पेश गर्दा थापा र गठबन्धनका दलहरूले सभामुख बाबुराम गौतमकाे समेत हस्ताक्षर पेश गरेपछि नेकपा एमाले सर्वाेच्च अदालत पुगेकाे हाे।