मनास्लु र आइएसलाई गोल्डेनगेट बास्केटबल उपाधि

File photo
File photo

मनास्लु वल्र्ड कलेज र आइएस नेपालले गोल्डेनगेट इन्टरनेसनल कलेज एसइई कप थ्री बाई थ्री बास्केटबल प्रतियोगिताको उपाधि जितेका छन्।

मनास्लु ब्वाइज तथा आइएस गल्र्समा च्याम्पियन बने। बत्तीसपुतलीस्थित आयोजक गोल्डेनगेट इन्टरनेसनल कलेजको कोर्टमा आज भएको ब्वाइज फाइनलमा मनास्लुले ग्रान्डीलाई २०–१७ ले पराजित गर्यो। गल्र्सको उपाधि भिडन्तमा आइएसले आयोजकको बोर्न टू हुपलाई १६–७ ले हरायो। ब्वाइज/गल्र्स दुवैमा पहिलो हुनेले २० हजार तथा दोस्रो हुनेले १० हजार नगद पुरस्कार हात पारे।

ब्वाइजमा मनास्लुका कोसिस भुजेल तथा गल्र्समा आइएसएकी सन्ध्या डङ्गोल ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए। दुवैले जनही रु पाँच हजार नगद पुरस्कार पाए। विजेतालाई राष्ट्रिय खेलकुद परिषद्का पूर्वसदस्य–सचिव एवम् गोल्डेनगेटका प्रमुख कार्यकारी अधिकृत रमेशकुमार सिल्वाल र गोल्डेनगेटका प्रिन्सिपल रोहितबहादुर पौडेलले एक कार्यक्रमबीच पुरस्कार प्रदान गरे।

तीनदिने प्रतियोगिताको ब्वाइजमा २२ टोलीले ‘लिग कम नकआउट’का आधारमा प्रतिस्पर्धा गरेका थिए। राउन्ड रोविन लिगका आधारमा भएको गल्र्सको प्रतिस्पर्धामा चार टोली सहभागी थिए।

प्रकाशित मिति: : 2023-07-09 17:34:00

प्रतिकृया दिनुहोस्