मिटरब्याज पीडितलाई गृहमन्त्रीकाे आश्वासन- न्याय दिलाएरै छाड्छाैँ, तपाईंहरू आत्तिनु पर्दैन

उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले मिटरब्याज पीडितलाई न्याय दिलाउने बताएका छन्।

आइतबार नयाँबानेश्वरस्थित धर्नास्थलमा पुगेर पीडितहरुलाई सम्बोधन गर्दै गृहमन्त्री श्रेष्ठले पीडितलाई न्याय दिलाएरै छाड्ने भन्दै अहिले नै आत्तिनुपर्ने अवस्था नरहेकाे बताए।

‘सरकारले पीडितहरुलाई न्याय दिनको लागि अध्यादेश ल्यायो। अनुचित लेनदेन वा मिटरब्याजीसम्बन्धी ल्यायाे। अध्यादेशको अवधी सकिएको कारणले निष्क्रिय भएको छ। विधेक संसदमा छ। अस्वीकार भएको होइन। विधेयक पारित गर्ने प्रक्रिया अगाडि बढाइने छ। कानुन बनाइछाडिनेछ’, उनले भने।

अब मिटरब्याज पीडितलाई न्याय दिलाउने काम अघि बढिसक्यो, यो कुनै पनि हालतमा रोकिनेवाला छैन’, गृहमन्त्री श्रेष्ठले भने  ‘हाम्रो समाजमा पीडक र पीडित दुवै छन्। सरकारले पीडितको पक्ष लिन्छ।’
 

प्रकाशित मिति: : 2023-07-09 17:19:00

प्रतिकृया दिनुहोस्