बिएल संवाददाता
मोरङको सुन्दरहरैँचा नगरपालिका–७ मा शनिबार बिहान माछा मार्ने क्रममा करेन्ट लागेर एक दम्पतीको ज्यान गएको छ।
मृत्यु हुनेमा ५८ वर्षीय पूर्णबहादुर लिम्बू र उनकी ५२ वर्षीया श्रीमती फूलमाया लिम्बू छन्।
मदेली खोलाको पुलमुनि विद्युत् प्रवाह गरेर माछा मार्ने क्रममा करेन्ट लाग्दा दुवै जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङकी प्रवक्ता डीएसपी कोपिला चुँडालले जानकारी दिइन्।
प्रहरीका अनुसार लिम्बूले खोलामा माछा मार्न बिजुलीको पोलबाट सिधै ‘हुक’ गरेर करेन्ट प्रवाह गरेका थिए। सोही क्रममा विद्युत् प्रवाह हुँदा उनीहरूलाई करेन्ट लागेको हो।
घटनापछि इलाका प्रहरी कार्यालय बेलबारीको टोलीले कानुनी प्रक्रिया पूरा गरी दुवै जनाको शवलाई पोष्टमार्टमका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाएको छ।
प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।
सुन्दरीजलमा सुरक्षित बीपीका सम्झना (फोटो फिचर)
कर्नालीका सुइना के साँच्चै ‘हाम्मा सुइना’ हुन्?
सभापतिमा जिते पार्टी पुनः आफ्नो कब्जामा
नियुक्ति लिएको २ साता नबित्दै मुक्तिनाथ विकास बैंकका सीईओको पद धरापमा
‘हिजोसम्म दिने ठाउँमा थिए, आज माग्ने ठाउँमा’
पुरानै रबैयामा फर्किए ओली, एक–एकलाई कारबाहीको डन्डा चलाउने चेतावनी
‘कसैले जित्ने वा हार्ने होइन, न्याय मार्ने काम भइरहेको हेक्का होस्’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया