नागढुंगामा हायस दुर्घटना, २० घाइते, २ जनाको अवस्था गम्भीर

काठमाडौंबाट चितवन जाँदै गरेको हाइस नागढुङ्गामा दुर्घटना हुँदा २० यात्रु घाइते भएका छन्।

शनिबार दिउँसो बा३ख ८३२९ नम्बरको हाइस नागढुङ्गा नजिकैको घुमाउने पसल अगाडि दुर्घटनामा परेको हो। हाइस सडकबाट करिब ८० मिटर तल खसेको प्रहरीले जनाएको छ।

हायसमा २० यात्रु सवार थिए। घाइतेहरूको नेपाल प्रहरी र सशस्त्र प्रहरीले उद्धार गरेका छन्।

सशस्त्रका सहायक प्रवक्ता शैलेन्द्र थापाका अनुसार घाइतेको नेपाल एपीएफ अस्पताल बलम्बुमा उपचार भइरहेको छ। दुई जनाको अवस्था गम्भीर छ।

प्रकाशित मिति: : 2025-06-14 18:50:00

प्रतिकृया दिनुहोस्