संसदको अवरोध खुलाउन प्रचण्ड, ओली र देउवा छलफलमा

प्रमुख प्रतिपक्षीले गरेको सङ्घीय संसदको अवरोध खुलाउने विषयमा प्रमुख तीन राजनीतिक दलका शीर्ष नेताको छलफल सुरु भएको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा सुरु भएको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा सहभागी छन्।

प्रधानमन्त्री प्रचण्डको अभिव्यक्तिलाई लिएर एमालेले संसद अवरुद्ध गरेपछि संसद खुलाउने विषयमा तीन दलका शीर्ष नेताहरू छलफलमा जुटेका हुन्।

आइतबारको छलफलमा सहमति नजिक पुगेको भएपनि फेरि सहमति भत्किएको थियो। सहमति भत्किएपछि आज सोमबार फेरि संसद खुलाउने विषयमा तीन दलका शिर्ष नेताहरुबीच छलफल भएकाे हाे।

गत बुधबारदेखि सङ्घीय संसदका दुवै सदनको बैठक प्रमुख प्रतिपक्षीलगायतका दलले अवरोध गरेका कारण अगाडि बढ्न सकेको छैन।

प्रकाशित मिति: : 2023-07-10 13:20:00

प्रतिकृया दिनुहोस्