नेकपा एमाले संसदीय दलको बैठक बसिरहेकाे छ। नयाँ बानेश्वरस्थित संसद भवनको लोत्सेहलमा बैठक बसेकाे हाे।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँगको छलफलपछि एमाले संसदीय दलको बैठक बसेकाे हाे। बैठकमा तीन दलका शीर्ष नेताबीच भएको छलफलबारे अध्यक्ष केपी शर्मा ओलीले ब्रिफिङ गर्ने बताइएकाे छ।
प्रधानमन्त्री प्रचण्डको अभिव्यक्तिलाई लिएर एमालेले संसद अवरुद्ध गरेपछि संसद खुलाउने विषयमा यसअघि तीन दलका शीर्ष नेताहरू छलफलमा जुटेका थिए।
आइतबारको छलफलमा सहमति नजिक पुगेको भएपनि फेरि सहमति भत्किएको थियो। सहमति भत्किएपछि आज सोमबार फेरि संसद खुलाउने विषयमा तीन दलका शिर्ष नेताहरुबीच छलफल भएकाे हाे।
गत बुधबारदेखि सङ्घीय संसदका दुवै सदनको बैठक प्रमुख प्रतिपक्षीलगायतका दलले अवरोध गरेका कारण अगाडि बढ्न सकेको छैन।