अन्तिम श्रद्धाञ्जलीका लागि सीता दाहालको पार्थिव शरीर पेरिसडाँडामा

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’की पत्नी सीता दाहालको आजै अन्त्येष्टि गरिने भएको छ।

उनको पार्थिव शरीरलाई श्रद्धाञ्जली दिनको लागि पार्टी कार्यालय पेरिसडाँडामा राखिँदैछ। अन्तिम श्रद्धाञ्जली दिनको लागि दलका नेता–कार्यकर्ताहरू पार्टी कार्यालयतिर जाँदैछन्।

लामो समयदेखि पार्किन्सन रोगबाट पीडित ६९ वर्षीया दाहालको बुधबार बिहान साढे ८ बजे निधन भएको नर्भिक अस्पतालले विज्ञप्तिमार्फत् जानकारी दिएको छ।

दिउँसो २ बजे उनको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिँदै छ।



प्रधानमन्त्री ‘प्रचण्ड’ पत्नी सीता दाहालको निधन

प्रकाशित मिति: : 2023-07-12 09:34:00

प्रतिकृया दिनुहोस्