नेपाल पाकिस्तान ‘ए’ सँग ४ विकेटले पराजित

photo : can
photo : can

श्रीलंकामा जारी एसीसी मेन्स इमर्जिङ टिम्स एसिया कप प्रतियोगिताको पहिलो खेलमा नेपाल पाकिस्तान ‘ए’ सँग पराजित भएको छ। 

कोलम्बो क्रिकेट मैदानमा शुक्रबार भएको खेलमा नेपाल पाकिस्तान ‘ए’सँग ४ विकेटले पराजित भएको हो।

नेपालले दिएको १ सय ७० रनको लक्ष्य पाकिस्तान ‘ए’ले ३२ दशमलव ५ ओभरमा ६ विकेट गुमाएर पूरा गर्‍यो।

पाकिस्तान ‘ए’को लागि तैयव ताहिर ५१ रनको अर्धशतकीय इनिङ खेले।नेपालका ललित राजवंशीले ३ तथा पवन सर्राफले २ विकेट लिए भने कुशल मल्लले १ विकेट लिए। त्यसअघि पहिले ब्याटिङ गरेको नेपालले ३७ ओभरमा अलआउट हुँदै १ सय ७९ बनाएको थियो।

नेपालका अन्य ब्याटस् म्यानहरु चल्न नसकेको खेलमा सोमपाल कामीले ७५ रनको अर्थशतकीय इनिङ खेले। अब नेपालले दोस्रो खेलमा सोमबार भारत ‘ए’सँग प्रतिस्पर्धा गर्नेछ।

प्रकाशित मिति: : 2023-07-14 16:44:00

प्रतिकृया दिनुहोस्