नेपालले जित्यो बंगलादेशसँगको मैत्रीपूर्ण महिला फुटबल

दोस्रो मैत्रीपूर्ण फुटबल खेलमा नेपालको राष्ट्रिय महिला फुटबल टिमले बंगलादेशलाई हराएको छ।

ढाकाको कमलपुरस्थित विरश्रेष्ठ शहिद सिपाही मोहम्मद मुस्तफा कमल स्टेडियममा आइतबार भएको खेलमा नेपालले बंगलादेशलाई टाइब्रेकरमा ४(२ गोलअन्तरले पराजित गरेको हो। 

टाइब्रेकरमा नेपालकी सावित्रा भण्डारी, हिरा भुजेल, दिपा शाही, अनिता केसीको प्रहारले पोष्टको जाली चुम्यो। अञ्जना राना मगरको प्रहार बारमा लाग्दै बाहिरियो। योसँगै नेपालले दुई खेलको श्रृंखला जितेको छ ।

प्रकाशित मिति: : 2023-07-16 20:16:00

प्रतिकृया दिनुहोस्