कुशल भुर्तेल बलिङमा चम्किँदा दबाबमा युएई ए

श्रीलंकामा जारी एसीसी इमर्जिङ टिम्स एसिया कप अन्तर्गतको अन्तिम खेलमा नेपालले युएई ए लाई दबाबमा राखेको छ।

टस जितेर पहिले ब्याटिङ गरेको युएई ए ले ३७ दशमलव ३ ओभरमा ८ विकेट गुमाएर मात्रै १ सय ४० रन बनाएको छ।

यस क्रममा नेपालका कुशल भुर्तेलले ६ विकेट लिएका छन्।

उनले लवप्रित सिंह, इथन डिसुजा, फवाद नवाज र अलि नासिरलगायतलाई आउट गरे।

त्यस्तै नेपालका पवन श्राफ र कुशल मल्लले एक–एक विकेट लिए।

प्रकाशित मिति: : 2023-07-19 13:07:00

प्रतिकृया दिनुहोस्