महिला विश्वकप फुटबल: उद्दाघाटन खेलमा आज न्युजिल्यान्ड र नर्वे तथा अस्ट्रेलिया र गणतन्त्र आयरल्यान्ड भिडदैँ

९औँ संस्करणको महिला विश्वकप फुटबल आजबाट सुरु हुँदैछ।

अस्ट्रेलिया र न्युजिल्यान्ड दुई देशमा आयोजना हुने प्रतियोगितामा कूल ३२ टिमको सहभागीता रहने छ। 

उद्दाघटन खेलमा आज न्युजिल्यान्ड र नर्वे तथा अस्ट्रेलिया र गणतन्त्र आयरल्यान्डबिच प्रतिस्पर्धा हुँदैछ। प्रतियोगिता जुलाई २० देखि अगस्ट २० सम्म आयोजना हुने छ। एक महिना लामो चल्ने उक्त प्रतियोगितमा ६४ खेलहरु हुनेछन्।

हरेक चार वर्षमा आयोजना हुने महिला विश्वकप दुई देशको ९ वटा फरक सहरमा खेलाइने छ। अस्ट्रेलियाको ५ सहरमा ३५ वटा खेल खेलाइने छ भने न्युजिल्यान्डको ४ सहरमा २९ खेल खेलाइने छ। 

हालसम्म अमेरिकाले सर्वाधिक चार पटक उपाधि जितेको छ। यसपटक पनि अमेरिका उपाधिको दाबेदार मानिएको छ।

प्रकाशित मिति: : 2023-07-20 06:23:00

प्रतिकृया दिनुहोस्