न्युजिल्याण्डले नर्वेलाई १-० ले पराजित गर्दै फिफा महिला फुटबल २०२३ को उद्घाटन खेलको परिणाम आफ्नो पक्षमा पारेको छ ।
पहिलो हाफ बराबर भएको खेलमा दोस्रो हाफको तेस्रो मिनेटमै न्युजिल्याण्डकी विल्किन्सनले गोल गर्दै गोलको खाता खोलेकी थिइन् । दोस्रो हाफको बाँकि समय कुनै पनि टिमले गोल गर्न नसक्दा विल्किन्सनको गोल नै निर्णायक बन्यो ।
खेलको ९०औं औं न्युजिल्याण्डले कर्नर किक पाए पनि रिया पर्सिभलले गोल गर्ने सुनौलो मौका गुमाइन् । उनले यो सुनौलो अवसर गुमाए पनि खेलको परिणामलाई असर परेन । उनी नायक बन्न नसके पनि खलनायक हुनबाट जोगिइन् ।
अन्तत: इतिहासमा पहिलोपटक न्युजिल्याण्ड फाइनल चरणको खेल जित्न सफल भयो ।
फिफा महिला विश्वकप २०२३ को उद्घाटन खेलमा सह-आयोजक न्युजिल्याण्ड विजयी भएको छ । आफूभन्दा बलियो नर्वेलाई १-० ले स्तव्ध पार्दै न्युजिल्याण्डले जीतको खाता खोलेको हो ।
न्युजिल्याण्डको अकल्याण्डस्थित इडेन पार्कमा खेल जित्दा यो मैदानमा इतिहासमै सबैभन्दा धेरै दर्शक भेला भएका थिए । इडेन पार्कमा ४२ हजारभन्दा बढी दर्शक भएको यो नै पहिलो घटना थियो ।
फिफा बरियताक्रममा १२औं स्थानमा रहेको नर्वे खेल जित्ने सम्भावित टिम मानिए पनि त्यसो हुन सकेन । उसलाई न्युजिल्याण्डले घरेलु मैदानमा उत्कृष्ट खेल प्रदर्शन गर्दै स्तव्ध पार्यो ।
यो जीतसँगै समुह ए मा न्युजिल्याण्डले ३ अंक जोड्दै अंकको खाता खोलेको छ ।