ललिता निवास प्रकरणका आरोपितलाई थप ५ दिन हिरासतमा राख्न अनुमति

File Photo
File Photo

काठमाडौँ जिल्ला अदालतले ललिता निवास प्रकरणका आरोपितलाई थप ५ दिन हिरातमा राख्न अनुमति दिएको छ।

अदालतले शुक्रबार यो प्रकरणमा पक्राउ सञ्चार सचिव कृष्णबहादुर राउतसहित १८ जनालाई थप ५ दिन हिरासतमा राखेर अनुसन्धान अघि बढाउन अनुमति दिएकाे हाे।

नेपाल प्रहरीकाे केन्द्रीय अनुसन्धान ब्युरो(सीआईबी)ले म्याद थपका लागि शुक्रबार अदालतमा उपस्थित गराएको थियो। आरोपितलाई थप ५ दिन हिरासतमा राख्ने सीआईबीले अनुमति पाएकाे हाे।

ललिता निवास प्रकरणमा नेपाल प्रहरीकाे केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी) ले १८ जनालाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ।

वि.सं. २०४९ देखि २०६९ सम्ममा सरकारको स्वामित्वमा रहेको बालुवाटारस्थित ललिता निवासको जग्गा विभिन्न व्यक्तिका नाममा नामसारी भएको फेला परेको थियो। सोही प्रकरणमा सिआइवीले अनुसन्धान गरिरहेको छ।

उक्त प्रकरणमा यसअघि तीन सय जनालाई प्रतिवादी बनाएर ब्यूरोले जिल्ला सरकारी वकिलको कार्यालयमा प्रतिवेदन बुझाएको थियो। तर सरकारी वकिलको कार्यालयले थप अनुसन्धान गर्नुपर्ने जनाउँदै फाइल फिर्ता पठाएको ब्यूरोले पुनः अनुसन्धान थालेको हो।

प्रकाशित मिति: : 2023-07-21 15:18:00

प्रतिकृया दिनुहोस्