दासको पुस्तकमा महिलामाथि ‘अश्लील’ शब्द प्रयोग

‘नेपाल वन सेवा दिगदर्शन गेमस्काउट वनरक्षक सफलताको साथी’ नामक पुस्तकमा लेखकले महिलामाथि अश्लील शब्द प्रयोग गरेको भेटिएको छ। विद्या विकास पब्लिकेसन प्रा.लि.द्धारा प्रकाशित उक्त पुस्तकमा लेखक राम एकवाल दासले महिलामाथि अश्लील शब्द प्रयोग गरेका छन्।

उनले पेज नं. १ सय ४३ मा रहेको प्रश्न नं. १८ मा सोधेका छन्, ‘केटीलाई भालु किन भनिएको होला ?’

उनले सो प्रश्नको उत्तर छनोटको लागि चार वटा विकल्प दिएका छन्। जसअन्तर्गत ‘ए’मा पोथी भालुजस्तै व्यवहार गरेको भएर, ‘बि’मा पोथी भालुले एकपल्टमा धेरै भालेसँग संसर्ग गर्ने भएर, ‘सि’मा पोथी भालु बहुपति गामी हुन्छ र ‘डि’मा माथिका सबै रहेका छन्।

लेखकले उक्त प्रश्नप्रति महिलाहरुले चर्काे आलोचना गरेका छन्।

प्रकाशन गृहले भने उक्त प्रश्नप्रति ध्यान र ज्ञान नभएको भन्दै सबै दोष लेखकमाथि थोपरेको छ।

प्रकाशित मिति: : 2023-07-23 15:18:00

प्रतिकृया दिनुहोस्