एनआरएनए हङकङका नवनिर्वाचित पदाधिकारीले लिए शपथ

गैरआवासीय नेपाली संघ (एनआरएनए) हङकङको नवनिर्वाचित कार्यसमितिले शपथ तथा पदभार ग्रहण गरेको छ।

नवौं राष्ट्रिय महाधिवशेनमा निर्वाचन अधिकृत हेजेन राईले नवनिर्वाचित पदाधिकारीलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन्।

एनआरएनए हङकङको आउँदो कार्यकालका लागि गोकर्ण प्रसाद ढकाल फेरि नेतृत्वमा दोहोरिएका छन्।

अध्यक्षसहित अन्य सबै पदमा दोहोरो उम्मेदवारी नपरेछि सिंगो कार्यसमिति नै निर्विरोध चयन भएको हो। यस्तै, उपाध्यक्षमा अनु राई र सन्तोष गुरूङ चयन भएका छन्।

महासचिवको जिम्मेवारी डिल्लीराम विश्कर्माले पाएका छन्। यस्तै, सचिवमा मनोज सूर्यवंशी चुनिएका छन्। त्यस्तै, कोषाध्यक्षमा अर्जुन गौचन र सह-कोषाध्यक्षमा रिना कनौजिया निर्वाचित भएका छन्।

ईन्दर पुर्जा पुनलाई युवा संयोजकको जिम्मेवारी दिइएको छ भने महिला संयोजक कविता गुरुङलाई बनाइएको छ।

यसैगरी, कार्यसमिति सदस्यहरूमा विश्नाथ घिसिङ, मनिष लिम्बू, बर्दान गुरुङ, अशोक गुरुङ र मनोज गौतम चयन भएका छन्।

महाधिवेशनमा हङकङका लागि नेपाली महावाणिज्यदूत उदयबहादुर राना प्रमुख अतिथि थिए। यस्तै, संघकी महिला सचिव राधिका गुरुङ (टीका) विशेष अतिथि थिइन्।

प्रकाशित मिति: : 2023-07-23 16:38:00

प्रतिकृया दिनुहोस्