आखिर के हो रोयल्टी समाज र एफएम रेडियोवालाहरूको विवाद ?

रातोपाटी

कुवेर गिरी

गत साउन ४ गते नेपालमा सञ्चालित निजी तथा सामुदायिक रेडियोहरूको तीन संस्थाले संगीतकार सुरेश अधिकारीको गीतमा प्रतिबन्ध लगाए ।

रेडियो ब्रोडकाष्टर्स फोरम (आरबीएफ), ब्रोडकाष्टिङ एसोसियसन अफ नेपाल (बान) र सामुदायिक रेडियो प्रसारक संघ (अकोराब)ले संगीतकार सुरेश अधिकारीका गीतमा प्रतिबन्ध लगाउने भनी संयुक्त विज्ञप्ति जारी गरेका थिए ।

आफूहरूविरुद्ध अमर्यादित, तुच्छ ढंगले मानमर्दन गरेको भन्दै संघसंस्थाहरुले जारी गरेको विज्ञप्तीमा भनिएको थियो, ‘एक संगीत सर्जकको अराजक अभिव्यक्तिले समग्र स्वतन्त्र रेडियो र नेपाली संगीत क्षेत्र बीचको सुमधुर सम्बन्धमा समेत नकारात्मक प्रभाव पार्न सक्ने कुराको महसुस गर्दै उहाँका सम्पूर्ण सांगीतिक कृतिहरू रेडियोबाट प्रसारण गर्न नसकिने ब्यहोरा अवगत गराउन चाहन्छौँ ।’

प्रकाशित मिति: : 2023-07-23 18:46:00

प्रतिकृया दिनुहोस्