नेकपा एमालेका सचिव एवम गण्डकी प्रदेश कमिटीका इन्चार्ज गोकर्ण विष्टले आफूहरु विगतका घटनाबाट पाठ सिक्दै एमालेलाई बहुमत सहितको पार्टीको रूपमा स्थापित गर्ने उद्घोष गरेका छन्।
अब एमालेलाई जुरुक्कै उठाउने गरि कार्यक्षेत्रमा एवम् जनताको घर घर मा गएर खटिनु पर्ने उल्लेख गरे।
नेकपा एमाले कास्कीको आयोजनामा आयोजित नेपाल कम्युनिस्ट पार्टीका महासचिव पुष्पलालको ४५ औं स्मृति दिवसको अवसरमा ‘नेपालको कम्युनिस्ट आन्दोलन कमरेड पुष्पलालको योगदान’बिषयक प्रवचन कार्यक्रमलाई सम्बोधन गर्दै सचिव विष्टले विगतका विकासमा गरेका कामसंगै आफ्ना योजना र विकासका खाका जनतालाई बुझाउन सबैलाई आग्रह गरे।
कार्यक्रममा स्थायी कमिटी सदस्य खगराज अधिकारीले पुष्पलालको योगदानको चर्चा गर्दै उनको विचार कयौं दशक सम्म सान्दर्भिक रहने उल्लेख गरे।
अधिकारीले नेपाली राजनितीको पहिलो र नेतृत्वदायी पार्टी कम्युनिस्ट पार्टी भएको दाबी गर्दै त्यसको नेतृत्व अहिले एमालेले गरिरहेको बताउँदै भोलि पनि नेतृत्व एमालेले नै गर्ने उल्लेख गरे।
कास्की इन्चार्ज तथा स्थायी कमिटी सदस्य थममाया थापाले विकास र समृद्धिको खाका निर्माणका लागि पुष्पलालको योगदान अतुलनीय रहेको बताइन्।
एमाले कास्कीका अध्यक्ष मन बहादुर गुरुङको अध्यक्षतामा सम्पन्न प्रवचन कार्यक्रममा स्वागत उपाध्यक्ष तेजनारायण अधिकारी र सञ्चालन सचिव बैनबहादुर अधिकारीले गरेका थिए।