काठमाडौंको सामाखुशीमा बाढीले बगाउँदा १३ वर्षका बालक बेपत्ता भएका छन्।
पानीपोखरीको भानुभक्त मेमोरियल स्कुलमा कक्षा ६ मा पढ्ने सामाखुशीका साजन मगर बेपत्ता भएका हुन्। सानो खोल्सीले बगाएर बेपत्ता भएका उनको खोजीकार्य भइरहेको प्रहरीले बताएको छ।