सुन तस्करीमा संलग्न नभएकाहरू तर्सिनु पर्दैनः नरेन्द्र न्यौपाने

अखिल (क्रान्तिकारी)का पूर्व अध्यक्ष एवं माओवादी केन्द्रका केन्द्रीय सदस्य नरेन्द्र न्यौपानेले सुन तस्करीमा संलग्न नभएकाहरू गृहमन्त्रालय र सरकारसँग तर्सिन नपर्ने विचार व्यक्त गरेका छन्।

आइतबार काठमाडौंको माइतीघरमा अखिलको सामाजिक सरोकार विभागद्वारा सरकारको समर्थनमा सुरु गरिएको हस्ताक्षर अभियानलाई अतिर्थीका रुपमा उद्घाटन गर्दै यस्तो विचार राखेको उपाध्यक्ष सुर्यनारायण साहले जानकारी दिए।

सरकारले भुटानी शरणार्थी प्रकरणदेखि हाल सुन प्रकरणसम्मको कारवाहीमा दोषी ठूलै पद र ओहदाकालाई पनि नछाडेको तर निर्दोषले भने डराउन नपर्ने युवासघंलाई नआत्तिन आग्रह गरे।

'सरकारले कार्वाही थालेपछि एमाले सम्बद्ध व्यक्तिहरूको संलग्नतामा युवासघंले सडकमा मसाल बाल्यो, गृहमन्त्रीको राजिनामा मागेको छ। तर तस्करीमा युवासघं संलग्न छैन भने यसरि आत्तिन पर्दैन', न्यौपानेले अगाडि भने, 'सरकारले दोषी र उसका संरक्षकलाई पानीमुनी गए पनि छाड्दैन र दोषीलाई तस्करीमा संलग्नलाई भने जुलुस, मसाल र घेराउ गरे भनेर छाड्दैन!'

अखिल (क्रान्तिकारी) अध्यक्ष पञ्चा सिंहले हस्ताक्षर गरि सुरु भएको हस्ताक्षर अभियान एक सातासम्म चल्ने र अभियाले १ लाख हस्ताक्षर गरि प्रधानमन्त्रीलाई बुझाउने कार्यक्रम रहेको सामाजिक सरोकार विभाग प्रमुख साहले जानकारी दिए।

प्रकाशित मिति: : 2023-07-23 21:54:00

प्रतिकृया दिनुहोस्