कांग्रेस केन्द्रीय समिति बैठक बस्दै

नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक बस्दैछ। सानेपास्थित केन्द्रीय कार्यालयमा उक्त बैठक बस्नेछ।

अपराह्न ३ बजेदेखि सुरू हुने बैठकमा आज सभापति शेरबहादुर देउवा र महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगन थापाले  केन्द्रीय सदस्यहरूले राखेको धारणामा जवाफ दिनेछन्।

गत साउन २ गतेदेखि जारी केन्द्रिय समिति बैठकमा अधिकांश केन्द्रीय सदस्यहरुले धारणा राखिसकेका छन्।

षयमा आइतबारसम्म केन्द्रीय सदस्यहरूले आ–आफ्ना धारणा तथा सुझाव प्रस्तुत गरेका थिए। सहमहामन्त्रीहरूले आइतबार नै बोलिसकेका छन्।

बैठकमा केन्द्रीय सदस्य, कांग्रेसका मन्त्री र सहमहामन्त्रीले आ आफ्नो धारणा राखिसकेका छन्। आजो बैठकमा महामन्त्रीद्वय र उपसभापतिद्वयले आफ्नो धारणा राख्ने छन्। त्यसपछि सभापति शेरबहादुर देउवाले आफ्ना कुरा राखेपछि बैठक सकिने छ।

बैठकमा प्रस्तुत भएको दस एजेन्डाबारे आजै वा भोलि निर्णय हुन सक्नेछ।

प्रकाशित मिति: : 2023-07-24 08:46:00

प्रतिकृया दिनुहोस्