साफ च्याम्पियनसिपको खेल तालिका सार्वजनिक

दक्षिण एसियाली फुटबल महासङ्घ (साफ)ले भुटानमा आयोजना हुने यु–१६ पुरुष साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको खेल तालिका आज सार्वजनिक गरेको छ।

आगामी सेप्टेम्बर १ देखि १० तारिखसम्म आयोजना हुने प्रतियोगितामा नेपालले पहिलो खेल बङ्गादेशसँग खेल्नेछ। उक्त खेल सेप्टेम्बर ३ तारिखमा हुनेछ। प्रतियोगितामा विभिन्न ६ राष्ट्रको सहभागिता रहनेछ। जसलाई दुई समूहमा विभाजन गरिएको छ।

समूह ‘ए’ मा नेपालसँगै बङ्गलादेश र भारत रहेका छन् भने समूह ‘बी’ मा आयोजक भुटानसँगै माल्दिभ्स र पाकिस्तान छन्। उक्त प्रतियोगिताको उद्घाटन खेलमा भारत र बङ्गलादेश भिड्नेछन्। सबै खेल भुटानको चाङ्लिमिथाङ रङ्गशालामा हुनेछन्।

प्रकाशित मिति: : 2023-07-24 16:49:00

प्रतिकृया दिनुहोस्