फिफा महिला विश्वकप: दक्षिण कोरियालाई कोलम्बियाले हरायो

अस्ट्रेलिया र न्युजिल्याण्डमा जारी नवौं फिफा महिला विश्वकप फुटबलमा कोलम्बियाले विजयी सुरुवात गरेको छ।

मगंलबार अस्ट्रेलियाको सिड्नी फुटबल रंगशाला (एलियन्ज) मा भएको खेलमा कोलम्बियाले  दक्षिण कोरियालाई २-० ले पराजय गरेर  विजयी सुरुवात गरेको हो। खेलको ३०औँ मिनेटमा कोलम्बियाका लागि  उस्मेको पेनाल्टी मार्फत कोलम्बियाले अग्रता लियो।

त्यसपछि खेलको ३९औँ मिनेटमा लिन्डा क्यासिडिओले गोल गरेर कोलम्बियालाई सफलता दिलाइन्।

प्रकाशित मिति: : 2023-07-25 10:58:00

प्रतिकृया दिनुहोस्