गएको हप्ता त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल बाहिरबाट बरामद भएको सय केजी बढी सुनको विषयमा राष्ट्रिय स्वतन्त्र पार्टीले संसदमा गृहमन्त्रीसँग जवाफ माग गर्ने भएको छ।
सुरक्षाको विषयलाई लिएर रास्वपाले गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग जवाफ माग गर्ने भएको हो। जसका लागि रास्वपाले संसदमा सार्वजनिक महत्वको प्रस्ताव दर्ता गरेको छ।
प्रस्तावमा सय केजी सुन विमानस्थलबाट जाँच पास भएर कसरी बाहिर आयो?, सरकारले सुनको अवैध आयात तथा तस्करीको संगठित अपराध नियन्त्रण गर्न के कस्ता कार्ययोजनाको पहल गरेको छ? सरकारले बरामद गरेको सुनको प्रयोग के कसरी गर्ने सोचेको छ?लगायत प्रश्न छन्।
गृहमन्त्री श्रेष्ठको राजीनमा भने नमाग्ने रास्वपाका नेताहरुले बताएका छन्।