नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले १३ बुँदे फरक मत प्रस्तुत गरेका छन्।
एक साता बसेको पार्टीको केन्द्रीय कार्य समिति बैठकमा राखेको धारलाई लिखित फरक मतको रुपमा उनले पार्टी सभापति शेरबहादुर देउवालाई बुधबार बुझाएका हुन्।
उक्त फरक मतमा थापाले राजनीतिक दलले फौजदारी मुद्दामा अभियोग दायर हुनु गम्भीर विषयको रुपमा उल्लेख गरेका छन्।