एनसिसी कतारबाट आइसिसीमा पाइला टेक्दै दीपजंग

काठमाडौंपछि कतारलाई कर्मभूमि बनाएका युवा व्यवसायी दीपजंग शाह ठकुरीले गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद (आइसिसी)को सदस्य पदमा उम्मेदवारी घोषणा गरेका छन्।

दीप सञ्चार मिडियाका प्रधान सम्पादक ठकुरीले गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद  कतारको १० औं राष्ट्रिय महाधिवेशन मार्फत सन् २०२३(२०२५ कार्यकालका लागि आइसिसी सदस्यमा उम्मेदवारी दिएका हुन्।

दाङमा जन्मिएर काठमाडौं र कतारलाई कर्मथलो बनाएका ठकुरीले झन्डै दशक भन्दा लामो समय देखि गैरआवासीय नेपाली संघको विभिन्न जिम्मेवारी बहन गर्दै आएका छन्। हाल एनसीसी कतारको सचिवसमेत रहेका ठकुरीले गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतारलाई पारदर्शी, समावेशी एवं विश्वसनिय बनाउँदै राष्ट्रिय समन्वय परिषदका सम्भावित समस्या, अवसर र गतिविधिलाई अन्तर्राष्ट्रिय समन्वय परिषदसँग जोड्नुपर्नेमा पैरवी गर्दै आएका छन्।

इतिहासकै संगीन मोडमा उभिएको एनआरएनएलाई ुसहमती, सहकार्य, एकता, आजको आवश्यकताु भन्ने मुख्य नाराका साथ सहज अवतरण गराउनको लागि एक कर्मठ सिपाहीको रुपमा अहोरात्र खाटिएर आफ्नो भुमिका निर्वाह गरिरहेको र आगामी दिनमा पनि त्यही भूमिकामा रहने वाचा पनि ठकुरीले गरेका छन्।

उन त्यसका लागि कतारवासी गैरआवासीय नेपाली संघका अग्रज तथा सामाजिक अभियन्ता, बुद्धिजीवी व्यवसायी, परिषद् सदस्य, पत्रकार तथा कतारमा कार्यरत सम्पूर्ण नेपालीसँग अपिल पनि गरेका छन्।

यस्ता छन् ठकुरीका प्रतिवद्धताहरूस्

गैरआवासीय नेपाली संघको विभिन्न जिम्मेवारीहरु बहन गर्दै हाल एनसीसी कतारको सचिवमा रही गैरआवासीय नेपाली संघमा देखिएको संगीन मोडलाई सहज अवतरण गर्नका लागि मैले यो उम्मेदवारी घोषणा  गरेको छ।

यो यात्रा र हाम्रो यो अभियानमा अविचलित भइ, डर धम्की र प्रलोभनमा नपरि एक सच्चा सिपाहीको रुपमा अहोरात्र खटिरहँदा गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतारलाई पारदर्शी, समावेशी एवं विश्वसनीय बनाउँदै राष्ट्रिय समन्वय परिषदका संभावित समस्या, अवसर र गतिबिधिलाई अन्तराष्ट्रिय समन्वय परिषदसँग जोड्नुपर्नेछ।

यो आवश्यकता महशुस गर्दै गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतारको १० औं राष्ट्रिय महाधिवेशन मार्फत गैरआवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय परिषदको २०२३–२०२५ कार्यकालका लागि सदस्य पदमा उम्मेद्वारी दिएको यहाँहरूलाई अवगत गराउन चाहन्छु।

पत्रकारितामा स्नातकोत्तर सम्म र  कानुन संकायमा स्नातक सम्मको अध्ययनलाई सदुपयोग गर्दै पत्रकारिता, सामाजिक उत्थान, मानवअधिकार र न्यायका क्षेत्रमा क्रियाशील रहँदै झण्डै दुईदशक भन्दा लामो अनुभवलाई अवलम्बन गर्दै गैरआवासीय नेपाली संघको अभियानमा प्रत्यक्ष सहभागी हुँदै आए पनि सन २०१७ मा मात्रै पञ्जिकृत सदस्य हुँदै मध्यपूर्व मिडिया संयोजक, आईसीसी यूवा विभाग अन्तरगत ग्लोबल मिडिया संयोजक, एनसिसी सचिव, श्रमिक विभाग लगायत संघको विभिन्न जिम्मेवारी सम्हाल्दै आएको यहाँहरूलाई अवगत नै छ।

सन् २०१० देखि नै एनआरएनएको मध्यपूर्व, एसिया प्यासिफिक, यूरोप, अफ्रिका, अष्ट्रेलिया र अमेरिकाज क्षेत्रसँग जोडिएर काम गरे पनि सन् २०१६ देखि हस्पिटालिटी, निर्माण तथा ट्रेडिङ्ग, रेष्टुरेण्ट एण्ड क्लब, कन्सलटेन्सी आदी व्यवसायहरु सञ्चालनका अलवा विभिन्न संघसंस्थामा बरिष्ठ सल्लाहाकार, प्रेस सल्लाहकार, सचिवालय संयोजक, मिडिया विभाग संयोजक, कानुनी तथा निति विभाग संयोजक, विधान मस्यौदा समिति संयोजक, पदाधिकारी लगायत विभिन्न जिम्मेवारी बहन गर्दै व्यवसायबाट प्राप्त मुनाफाको केहि अंशलाई मानविय कार्यमा समर्पन गर्नुपर्दछ भन्ने मुख्य अभिप्रायका साथ सामाजिक अभियानमा लागेको कुरा यहाँहरुलाई जानकार नै हुनुहुन्छ। 

कोरोना कहरको विषम प्रस्थितिमा गैरआवासीय नेपाली संघ मध्यपूर्वको मिडिया विभागको नेतृत्व सहाल्दै यश यस क्षेत्रमा नेपाली समुदायलाई कत्ति पनि विचलित हुन नदिन सत्य तथ्य सूचना प्रवाह गरी सुसूचित, उद्दार र राहतमा प्रत्यक्ष सहभागी भएको र भयावह कहरमा समेत आफ्नो स्वास्थ्यको कुनै प्रवाह नगरी गैरआवासीय नेपाली संघ, कुटनितिक नियोग, कतार सरकार र नेपाली समुदायले सुम्पिएको महत्वपूर्ण जिम्मेवारीलाई कुशल कार्तयकौसलता र तथ्यपरक ढंगबाट तोकिएको समय सिमाभित्रै संपन्न गरी सुम्पिएका अनुभवहरूले अनन्त उर्जा मिलेको छ।

अग्रजहरुको अनुभव र आर्जनलाई सम्मान गर्दै विचार र ज्ञानको ठूलो भण्डार रहेको गैरआवासीय नेपाली संघको उद्देश्य र एनआरएन अभियानबाट अहिलेसम्म प्राप्त उपलब्धिलाई हृदयंगमन गर्दै यसको मर्म, भावना र उदेस्य अनुरुप संस्थालाई अघि बढाउँन हरदम लागिरहने अठोटका साथ यो उम्मेद्वारी प्रस्तुत गरेको छु।

सामाजिक कार्यप्रति उत्प्रेरित भई समाज प्रतिको मेरो उत्साह, लगनशिलता एवं क्रियाशिलतालाई यहाँहरूले दिनुभएको साथ, शुभेच्छा, प्रेरणा, हौसला, समर्थन र सल्लाह बमोजिम संघको केन्द्रीय कार्यकारी भुमिकामा रही मध्यपूर्वमा रहेका नेपालीहरूलाई यस्को पवित्र अभिष्टलाई मूर्तरुप दिन, नेपाली पहिचान, कला, संस्कृति, व्यक्तित्व, आर्थिक आदि अवस्थाहरूलाई समृद्ध बनाउन र सामाजिक रुपान्तरण गर्ने प्रतिबद्धता सहित संघलाई श्रमिकमैत्री, भ्रष्टाचार मुक्त र संघको छवि उच्च राख्ने मुख्य अभिप्रायका साथ मैले २०२३–२०२५ कार्यकालको लागि आईसीसी सदस्य पदमा उम्मेद्वारी दर्ता गराएको छु । 

यहाँहरूको माया, साथ, समर्थन, उत्प्रेरणा र हौसलाको सधैं ऋणी रहने छु र घोडा चड्ने मान्छे लड्छ भनेझै म बाट हुने मानवीय एवं प्राविधिक कमजोरीहरूप्रति क्षमायाचना सहित यहाँहरूको सत्मार्गदर्शनको अपेक्षा सहित यहाँहरूले आसन्न निर्वाचनमा मलाई अत्यधिक मतले विजयी गराईदिनुहुन सम्पूर्ण पञ्जिकृत सदस्यहरु ज्यूहरुलाई हार्दिक अनुरोध गर्दछु।

दिपजंग शाह ठकुरी

उम्मेदवार स् आईसिसी सदस्य ९ २०२३–२०२५०

गैरआवासीय नेपाली संघ कतार

प्रकाशित मिति: : 2023-07-26 22:49:00

प्रतिकृया दिनुहोस्