फोटो पत्रकार पूर्णिमा श्रेष्ठले पाकिस्तानमा रहेको विश्वको दोस्रो सर्वोच्च शिखर केटू हिमालको आरोहण गरेकी छन्।
आठ हजार ६११ मिटर अग्लो केटु हिमाल आरोहणका लागि सबैभन्दा कठिन मानिन्छ। केटू हिमालको सफल आरोहणसँगै उनले सामाजिक सञ्जालमार्फत जानकारी दिँदै आफूलाई शुभकामना दिने र प्रार्थना गर्ने सबैलाई धन्यवादसमेत दिएकी छन्।