‘मिस युनिभर्स नेपाल २०२३’ को आवेदन खुला

चौथौ संस्करणको ‘मिस युनिभर्स नेपाल २०२३’ को आवेदन खुलेको छ।  

उमंगा क्रियसन प्रालिको आयोजनामा ‘मिस यूनिभर्स नेपाल २०२३’ घोषणा गरिएको हो। 

ब्युटी पेजेन्टकी राष्ट्रिय निर्देशक नग्मा श्रेष्ठले  राजधनीमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा आवेदन खुला गरिएको जानकारी गराइन्। 

प्रतियोगितामा भाग लिन चाहने सुन्दरीहरुले यही साउन १८ गतेसम्म आवेदन दिन सक्नेछ। 

आगामी संस्करणलाई थप समावेशी बनाउने प्रयास भइरहेको श्रेष्ठले बताइन्। चौथौ संस्करणमा प्रतिस्पर्धीको उमेर सीमा १८ देखि २८ वर्ष बढाएको समेत जानकारी गराइन्। 

त्यस्तै मिस युनिभर्स नेपालका प्रबन्ध निर्देशक उद्धव अधिकारीले प्रतियोगिताले सबैलाई अवसर प्रदान गरिएको र अघि बढ्न प्रोत्साहन दिइने बताए। 
आउँदो संस्करणको विजेताले ७२औं मिस युनिभर्समा प्रतिनिधित्व गर्न पाउने छिन्। 

त्यस्तै, यो प्रतियोगीतामा ट्रान्स वुमन, गैरआवासीय नेपाली, विवाहित महिला तथा आमाहरुले समेत सहभागीता जनाउन सक्नेछन्। 

‘मिस यूनिभर्स नेपाल २०२३’ को विजेताले ‘७२ औं मिस यूनिभर्स’को भव्य मञ्चमा नेपालको प्रतिनिधित्व गर्ने अवसर प्राप्त गर्नेछन्।

प्रतियोगीतामा सहभागीता हुन जुन १५ देखि अगष्ट ३ सम्म नाम दर्ता गर्न सक्नेछन्। अगष्ट ४ मा प्रतियोगिताको क्वाटरफाइन , १४ अगष्टमा सेमिफाइनलिस्टको घोषणा गर्ने आयोजकले जनाएको छ।

मिस यूनिभर्सको फाइनलमा पुग्नका लागि निर्णायकहरुको स्कोर र फ्यानको भोटले महत्वपूर्ण भूमिका खेल्नेछ। 

सेप्टेम्बर ८ मा ‘मिस यूनिभर्स नेपाल २०२३’को फाइनल घोषणा गरिने पत्रकार सम्मेलनमार्फत  जानकारी गराइएको छ। विजेताले क्राउन र इलेक्ट्रिक स्कुटर पुरस्कार प्राप्त गर्नेछिन्। विजेतासँगै चार उपविजेता पनि घोषणा गरिनेछ। 

विजेताले नोभेम्बर १८ मा एल साल्भाडोरमा आयोजना हुने ‘७२ औं मिस यूनिभर्स’मा नेपालको प्रतिनिधीत्व गर्नेछ।

प्रतियोगीतामा सहभागीता जनाउनका लागि मिस यूनिभर्सको वेवसाइट अथवा खल्ती एप मार्फत गर्न सकिनेछ।
 

प्रकाशित मिति: : 2023-07-27 20:42:00

प्रतिकृया दिनुहोस्