घनश्याम गौतम (नक्कली प्रचण्ड) क्यान्सर उपचारको लागि अस्पताल भर्ना

‘नक्कली प्रचण्ड’को नामले परिचित कलाकार घनश्याम गौतम क्यान्सर उपचारको लागि अस्पताल भर्ना भएका छन्।

तीन महिनाअघिदेखि सामान्य पेट दुख्ने समस्याले ग्रस्त उनमा काठमाडौँ मेडिकल कलेजमा परीक्षण गर्दा क्यान्सर पुष्टि भएको थियो। क्यान्सर पुष्टि भएपछि उनी उपचारको लागि शुक्रबार भक्तपुर क्यान्सर अस्पतालमा भर्ना भएका छन्।

चिकित्सककाअनुसार उनको पेटको आन्द्रमा क्यान्सर भएको छ।

उनको हाल अस्पतालको आइसियू कक्षमा राखेर उपचार गरिएको छ।

अस्पताल भर्ना भएपछि उनका शुभचिन्तक र कलाकारहरु उनलाई भेट्न अस्पताल पुगेका छन्।

झापाको गौरादहमा जन्मिएका उनले २० वर्षको उमेरदेखि रेडियोहरुमा कार्यक्रम सञ्चालन गर्न सुरु गरेका थिए। त्यसयता उनले रेडियो नाटक, टेलिसिरियलदेखि केही चलचित्रमा समेत अभिनय गरेका छन्।

उनी कमेडी गीत लेखन र गायनमा पनि सक्रिय छन्।

प्रकाशित मिति: : 2023-07-30 13:49:00

प्रतिकृया दिनुहोस्