मनिष डाँगी थाइ क्लबमा अनुबन्धित

नेपाली राष्ट्रिय फुटबल टिमका फरवार्डर मनिष डाँगी थाइ क्लब ‘रायोङ एफसी’मा अनुबन्धित भएका छन्।

मनिषले क्लबसँग १ वर्षको सम्झौता गरेको क्लबले जनाएको छ। थाइ रायोङ क्लब थाइल्याण्डको दोस्राे लिग हो। मनिषले यसअघि सहिद स्मारक ए डिभिजन लिगमा संकटबाट खेलेका थिए, जहाँ उनले आफ्नो उत्कृष्टि प्रदर्शनी दिएका थिए।

थाइ लिगमा अनुबन्धित भएका उनी पहिलो नेपाली खेलाडी समेत हुन्।

प्रकाशित मिति: : 2023-07-31 14:32:00

प्रतिकृया दिनुहोस्