स्पेनलाई हराउँदै जापान बन्यो समूह विजेता

फिफा महिला विश्वकपमा जापान समूह 'सी' को विजेता बनेको छ। 

सोमबार न्यूजिल्यान्डको वालिङ्टन क्षेत्रीय रंगशालामा भएको खेलमा जापानले स्पेनलाई ४-० ले पराजित गरेर समूह विजेता बनेको हो। जापानको लागि हिनाता मियाजावाले दुई गोल गरिन्। जापानको लागि खेलको १२औँ मिनेटमा गोल गरेर जापानलाई अग्रता दिलाइन्। 

त्यस्तै, खेलको २९औँ मिनेटमा रिको युकीले गोल गरेर टोलीलाई दोब्बर अग्रता दिलाइन्। त्यसपछि खेलको ४०औँ मिनेटमा मियाजावाले व्यक्तिगत दोस्रो गोल गरेर खेललाई ३-० पारिन्। यता, मिना तानाकाले जापनको लागि चौथौ गोल गरेर जापानलाई सफलता दिलानइन्। 

अन्तिम १६ मा जापानले समूह 'ए' को उपविजेता नर्वेसँग खेल्छ।

प्रकाशित मिति: : 2023-07-31 17:51:00

प्रतिकृया दिनुहोस्