अस्ट्रेलिया र न्युजिल्याण्डमा जारी नवौ फिफा महिला विश्वकपमा अस्ट्रेलिया र नाइजेरिया नकआउटमा प्रवेश गरेको छन्।
सोमबार मेलबर्न रेक्टान्गुलर रंगशालामा भएको खेलमा अस्टे«लियाले क्यानडालाई ४- ० ले पराजित गरेको हो। अस्ट्रेलियाको लागि हेली रासोले दुई गोल गरिन्, भने मेरी फाउलर र स्टेफनी क्याटलीले समान एक गोल गरे। यस जितसँगै तीन खेलमा ६ अंक जोड्दै अस्ट्रेलिया समूह विजेता बन्यो।
उता, आजै भएको अर्का खेलमा नाइजेरियाले आयरल्यान्डसँग गोलरहित बराबरी खेल्दै समूहको उपविजेता बनेर नकआउटमा प्रवेश गरेको हो। खेल ब्रिसबेनको सनक्रप रंगशालामा भएको थियो। यसअघि क्यानडासँग बराबरी खेलेको नाइजेरियाले अस्ट्रेलियालाई हराएको थियो।