मधेस प्रदेशमा छैटौँ पटक मन्त्रिपरिषद् विस्तार

मधेस प्रदेश सरकारका मुख्यमन्त्री सरोजकुमार यादवले मन्त्रिपरिषद् विस्तार गरेका छन्।

उनले गृह तथा सञ्चारमन्त्रीमा नेपाली कांग्रेसका सप्तरीका मोहम्मद समीम र श्रम तथा यातायातमन्त्रीमा जनमत पार्टीका चन्दन सिंहलाई आज नियुक्त गरेका हुन्। मुख्यमन्त्रीको उपस्थितिमा प्रदेशप्रमुख हरिशङ्कर मिश्रले नवनियुक्त दुवै मन्त्रीलाई शपथ गराए।

मुख्यमन्त्री यादवले जनता समाजवादी पार्टी (जसपा) बाट बिना विभागीयमन्त्री रहेकी सुरिता साहलाई मुख्यमन्त्री कार्यालयमा राखिने जानकारी दिए। स्वतन्त्र चुनाव जितेर जसपा प्रवेश गरेकी साह कांग्रेस सरकारमा सहभागी हुँदा बिना विभागीय बनाइएकी थिइन्।

यसअघि आजै जनमत पार्टीका बिना विभागीयमन्त्री वसन्त कुशवाहा र राज्यमन्त्री सञ्जय यादवले राजीनामा दिएका थिए। मुख्यमन्त्री यादवले आठ महिनाको अवधिमा छैटौँ पटक मन्त्रिपरिषद् विस्तार गरेका हुन्।

प्रकाशित मिति: : 2023-07-31 21:15:00

प्रतिकृया दिनुहोस्