महाधिवेशनले कोरेको मार्गचित्रमा हिँड्दा विधिको पूर्ण पालना हुन्छ

रातोपाटी

जनकराज पाठक

सामान्यतया नियम, कानुन र पद्धतिको पालनालाई विधि भनिन्छ । विधिको शासनमा नियम, कानुन र पद्धतिलाई पूर्ण पालना गरिन्छ । विधिले सबैलाई सकारात्मक मार्गमा हिँडाउँछ, डोर्‍याउँछ । विधिको पालना गर्नेले कसैसँग डराउन वा हार्न पर्दैन । विधिको पालन नगर्दा ठुला, ठुला मुलुकमा समेत अराजकता निम्तिएको हामीले देखेका छौँ ।

राज्य सञ्चालन, राजनीतिक दल सञ्चालन, लडाइँ, झगडा चाहे जेमा होस् यो अदृश्य विधिले मनोवैज्ञानिक सुरक्षा दिइरहेको हुन्छ । विधि नमान्दा चक्रवर्ती सम्राट् हुन् या निरङ्कुश, चाहे लोकतान्त्रिक हुन् वा अरू कुनै, सबै समय क्रमसँगै ध्वस्त भएका, विनाश र नष्ट भएका धेरै उदाहरणहरू छन् । हरेक राजनीतिक दल सञ्चालनको पनि एउटा विधि हुन्छ । विधिमा टेकेर नेतृत्व अगाडि बढ्दा सधैँ सफलता प्राप्त हुन्छ भने विधि उल्लङ्घन गर्ने जस्ता स्वेच्छाचारिताले नेतृत्व मात्र हैन दल नै सङ्कटग्रस्त बनेको समेत हामीले देखेका छौँ ।

प्रकाशित मिति: : 2023-08-03 05:58:00

प्रतिकृया दिनुहोस्