अख्तियारको निर्देशनले कर्मचारीमा छटपटी: लोकसेवा पढाउनकै लागि रद्द भएको मापदण्ड ब्युँताइँदै

लोकान्तर

काठमाडौँ

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्वीकृति नलिई लोक सेवा आयोगको परीक्षाका लागि कोचिङ/ट्युसन पढाइरहेका शाखा अधिकृतदेखि सचिवसम्मका ७० जना कर्मचारीलाई स्पष्टीकरण सोधेको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको निर्देशनपछि उनीहरूलाई स्पष्टीकरण सोधिएको हो । कार्यालय समयमै पनि सरकारी स्रोत साधनको दुरुपयोग गरी कोचिङ पढाउने गरेको भनी अख्तियारमा उजुरी परेको थियो ।

प्रकाशित मिति: : 2023-08-03 06:33:00

प्रतिकृया दिनुहोस्