आखिल नेपाल फुटबल संघ (एन्फा)ले राष्ट्रिय फुटबल टोलीका खेलाडीको उपचार संघ आफैले निर्णय गरेको छ। शुक्रबार बसेको एन्फाको पाँचौँ कार्यसमिति बैठकले यस्तो निर्णय गरेको हो।
एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङको अध्यक्षतामा बसेको बैठकले जिल्ला लिग, सहिद स्मारक बी तथा सी डिभिजन लिग, महिला लिग तथा अन्य प्रतियोगिताको नियमावली परिमार्जितसहित पारित गर्ने निर्णय गरेको छ। यस्तै महिला फ्रेन्चाइज लिगको बोर्डकास्टिङ, डिजिटल राइटस् नेपाल स्पोटस् सेन्टर प्रालि तथा फुटसल मार्केटिङ, बोर्डकास्टिङ र डिजिटल राइटस् डिजिफ्ल्याई ब्रान्डिङ एजेन्सी प्रालिलाई दिने निर्णय गरेको छ।
बैठकले एन्फा कर्मचारी संरचना तथा सांगाठिन संरचना निर्माण गरी कार्यससिमतिमा पेश गर्न सचिवालयलाई जिम्मा दिने दिएको छ। यस्तै एन्फामा महिला एकेडेमी तीन स्थानमा संचालन गर्न आगामी कार्यसमिति बजेट, कार्यक्रम तयार गरी पेश गर्ने, महिला तथा पुरुष राष्ट्रिय खेलाडीहरुको पुरानो बाँकी पुरस्कार क्रमिक रुपमा दिने बैठकले निर्णय गरेको छ।
साथै पाँचौँ कार्यसमितिको बैठकले संघको विशेष साधारण सभा आउने भदौ २४ गते तथा नियमित साभारण सभा असोज २९ गते आयोजन गर्ने निर्णय गरेको छ।
यस्तो छ एन्फाको अरु निर्णय: