फिफा महिला विश्वकपमा इंग्ल्यान्डले नाइजेरियालाई हराउँलै क्वार्टरफाइनलमा प्रवेश गरेको छ।
सोमबार अस्ट्रेलियाको ब्रिसबेनमा भएको खेलमा नाइजेरिया इंग्ल्यान्डसँग पेनाल्टी सुटआउटमा ४-२ गोलले पराजय भएको हो। निर्धारित समयमा गोल हुन नसकेपछि ३० मिनेट थप गरिएको थियो तर थप मिनेटमा पनि गोल नभएपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो।
अब इंग्ल्यान्ड क्वार्टरफाइनलमा कोलम्बिया अथवा जमैकासँग खेल्ने छ।