आयोजक राष्ट्र अस्ट्रेलिया फिफा महिला विश्वकपको क्वाटरफाइनलमा प्रवेश गरेको छ।
सोमबार सिड्नीस्थित एकोर रंगशालामा भएको खेलमा अस्टे«लियाले डेनमार्कलाई २–० गोलले पराजय गरेर क्वाटरफाइनलमा प्रवेश गरेको हो। खेलको २९औँ मिनेटमा क्याट्लिन फुर्डले गोल गरेर अस्टे«लियालाई अग्रतामा ल्याएकी हुन्।
त्यस्तै, अस्ट्रेलियाकाे लागि खेलको ७०औँ मिनेटमा हेयली रासोले गोल गरेर सफलता दिलाइन्। अस्ट्रेलियाले अब सेमिफाइनल प्रवेशका लागि क्वार्टरफाइनलमा मोरक्को र फ्रान्सबीचको खेल्नेछ।