सबै डाक्टरहरूलाई मन्त्रीको कार्यक्रममा उपस्थित हुन वीरको उर्दी

File Photo
File Photo

स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतको एउटा कार्यक्रममा उपस्थित हुन वीर अस्पतालले आफ्ना कर्मचारी तथा सबै डाक्टर, नर्सहरूलाई उर्दी जारी गरेको छ।

मन्त्री बस्नेतले मन्त्रालय सम्हालेको १०० दिनको उपलक्ष्यमा मन्त्रालयले शुक्रबार एक कार्यक्रमको आयोजना गरेको छ। त्यसमा उपस्थित हुनका लागि अस्पतालका निर्देशक सन्तोष पौडेलले सबै चिकित्सकहरूलाई निर्देशन दिएका हुन्।

‘चिकित्सक र स्वास्थ्यकर्मीहरूलाई एप्रोन लगाएर तथा अन्य कर्मचारीहरूलाई सरकारी पोशाकमा अनिवार्य उपस्थित भइ कार्यक्रमको गरिमा बढाइ कार्यक्रम सफल बनाउनुहुन अनुरोध छ’, उनले भनेका छन्।

प्रकाशित मिति: : 2023-08-10 11:32:00

प्रतिकृया दिनुहोस्