प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको नर्सिङ सेवामा देखिएको चुनौती सामना गर्न नीतिगत सुधार गर्ने बताएका छन्।
स्वास्थ्य मन्त्रालयले शुक्रबार १०० दिनको उपलब्धि सार्वजनिक गर्ने कार्यक्रममा बोल्दै प्रधानमन्त्री प्रचण्डले नेपाली नर्सिङ सेवामा चुनौती देखिएको बताए।
‘नर्सिङ सेवामा जे चुनौती देखिएको छ, यो हाम्रा लागि साँच्ची एउटा अग्नी परीक्षा जस्तो महसुस गरेको छु,’ उनले भने, ‘केही नीतिगत सुधार गरेर नर्सिङ सेवामा देखा परेका चुनौती सामना गर्न म आफैँले एउटा संकल्प गरेको छु।’
प्रधानमन्त्री प्रचण्डले नेपालभन्दा बाहिर देश पढ्न जाने मात्र नभएर बाहिरी देश पढेर बाहिरै देशमा रोजगारी गर्न जाने समस्या रहेको बताए।
हाम्रा नर्सहरु हाम्रा सीमावर्ती देशमा गएर पढ्ने र त्यतैबाट अन्यत्र जाने जुन परिपाटी छ, त्यो सरकारलाई ठुलो प्रश्न बनेको छ’, उनले भने